बढीले बगाउँदा तीनको मृत्यु २७ घाइते


YYY
अनु खनाल 
 साउन ५ (बर्दिबास) महोत्तरी।  वर्षासँगै आएको बाढीले बगाउँदा महोत्तरीमा बिहिबार  तीन जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टि–४ का दिलिप साह कानुका नाम नखुलेकी डेढ वर्षका छोरी, सरपल्लो–२ का १८ वर्षीय रामछविला राउत कुर्मी र रघुनाथपुरका नाम नखुलेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

रातु, जङ्गाहा र अंकुशी नदीमा आएको बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । रघुनाथपुर –८ विन्देश्वर यादवको घर मडाहा नदीले  भत्काउँदा १८ जना र जलेश्वर भिट्टामोर सडकखण्डको डुङ्गा पल्टिँदा ९ जना गरी २७ जना घाइते भएको प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरेले बताउनुभएको छ । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेकाले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रातु, अंकुशी र विग्हीनदीमा आएको बाढीले एक दर्जनभन्दा बढी गाउँ डुवानमा परेका छन् । 

बाढीले बर्दिवास –जलेश्वर सडकखण्डको गोनरपुरा टोल नजिक ३० मिटर, जनकपुर–जलेश्वर सडकखण्डको पर्सापुल नजिक २० मिटर कटान र डुवान गररेपछि यातायात अवरुद्ध भएको छ । बाढीबाट प्रभावितहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेका छन् । 

बाढीबाट हुने सम्भावित क्षतिलाई मध्यनजर राखी सुरक्षा निकायका तीनै अङ्गलाई सतर्क अवस्थामा राखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शंकर अर्यालले बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]