सिन्धुलीमा दिदिलाई जवर्जस्ती करणी गरि हत्या गर्ने युवक प्रहरीद्धारा पक्राउ


YYY
विमला पाण्डे
 साउन १३  सिन्धुली।  पुरानो झांगाझोली गाविस वडा नम्बर २ नांगेडाँडामा मंगलबार राति दिदीलाई जवर्जस्ती करणी गरि हत्या गर्ने युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । नांगेडाँडाकी १८ वर्षीया गिता थापालाई करणी गरेको बेला आपत्तिजनक अवस्थामा गिता थापाकी आमा रितुमाया थापाले फेला पारेपछि हत्या गरेका मृतकका काकाका छोरा रामकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

आमा रितुमायाले विहिबार जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

 रामकुमार र गितालाई आमाले आपत्ति जनक अवस्थामा गिताको कोठामा फेला पारेपछि दुवैलाई हकारपकार पारेर काठमान्डौमा रहेका छोराहरुलाई फोन गर्न आधाघण्टा टाढा रहेको दिपक थापाको घरमा गएको बेलामा गिताको हत्या भएको प्रहरीले जनाएको छ । मृतकलाई रामकुमारले आफ्नो घरमा पुगेर किरा मार्ने पेन्ट्रोप्लाजोल नामक विष खुवाएको र गिताले बान्ता गरेपछि नमर्ने लागेर मुन्टो बटारेर मारेको प्रहरीको अनुसन्धानले देखाएको श्रेष्ठले आज पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

 मृतक थापाको घाँटीको हाड भाँचिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । अभियुक्त थापालाई थप अनुसन्धानका लागि जिल्ला अदालतले ७ दिन म्याद थपेको छ । थापालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]