शिक्षा कमीका कारण स्थानीयवासी पछाडी


YYY
देवकला कार्की
 साउन ९ धनकुटा  ।भौगोलिक विकटता तथा शिक्षाको कमीका कारण पाँचथर मौवा ३ ढुङ्गेका स्थानीयवासीहरु पछाडी परेका छन् । उनीहरु शैक्षिक, आर्थिक तथा राजनीतिक रुपमा पछि परेका हुन् । खास गरेर क्षेत्री जातीको वसोवास रहेको सो क्षेत्रमा २५ घरपरिवार रहेपनि हालसम्म ४ जनाले मात्रै एसएलसी पास गरेका छन् ।

 भौगोलिक विकटता तथा शिक्षाको कमीका कारण पछि पर्नु परेको स्थानीय शेरवहादुर वस्नेतले वताउनुभयो । आर्थिक विपन्नता तथा नजिक शैक्षिक संस्था नहुदा शिक्षा लिनवाट वञ्चित हुनु परेको उहाँको भनाई छ । गएको साल मात्रै निर्माण गरिएको वाल विकास केन्द्र पनि हाल आएर आझेलमा परेको छ । 

वालविकास केन्द्र अहिले आएर भैसी गोठको रुपमा प्रयोग भइरहेको शहरसिँ तामाङ्गले जानकारी दिनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]