खुकरी प्रहारबाट क्रान्तिकारी विद्यार्थी घाइते


YYY
 साउन १२ काठमाडौं। राजधानीमा अज्ञात समूहको खुकरी प्रहारबाट अखिल क्रान्तिकारी काठमाडौं जिल्ला सदस्य सम्पूर्ण अधिकारी घाइते हुनु भएको छ । मनमैजु गाविसस्थित नेपालटारचोकमा गएराति अज्ञात समूहले अधिकारीमाथि खुकुरी प्रहार गरेको हो । देब्रे हातमा गम्भीर चोट लागेका अधिकारीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको क्रन्तिकारीका काठमाडौं सचिव चिरञ्जिवी ढकालले जानकारी दिनुभयो ।

राति ८ बजेतिर डेरामा जाँदै गरेका अधिकारी माथि ४ जनाले कुटपिट गरेपछि खुकुरी प्रहार गरी भागेको ढकालले बताउनुभयो । अधिकारी नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ ।

यसैवीच, अखिल क्रान्तिकारीले नेविसंघसम्बद्ध विद्यार्थीले अधिकारीमाथि खुकुरी प्रहार गरेको दावी गरेको छ। क्रान्तिकारीका विद्यार्थीले घटनाको विरोध र दोषिमाथि कारबाहीको माग गर्दै ग्रामिण आदर्श क्याम्पसको स्ववियु कार्यालयमा तोडफोड गरेका छन् । तोडफोड गरेपछि क्याम्पस तनावग्रस्त भएको छ ।

उता, विद्यार्थी पक्राउको विरोधमा नेपाल विद्यार्थी संघ र तरुण दलले गरेको इटहरी बन्द फिर्ता लिएपछि आज विहानदेखि यातायात सूचारु भएको छ । डेढसाता अघि इटहरी गोलीकाण्डमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई आज साँझ सम्म रिहा गर्ने प्रशासनले प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएका हुन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]