धार्मिक तीर्थस्थल देवघाटमा भक्तजनको घुइंचो


YYY
 असार २७  चितवन। हिन्दूहरुको पवित्र पर्व हरिशयनी एकादशीको अवसरमा धार्मिक तीर्थस्थल देवघाटको बेनिसंगममा बिहानैदेखि स्नान गर्नेहरुको भीड लागेको छ । त्रिशुली र पवित्र मानिने कालीगण्डकी नदीको संगमको रुपमा रहेको बेनिमा हरिशयनी एकादशीमा स्नान गर्न ठूलो सङ्ख्यामा श्रद्धालुहरुको घुइँचो लागेको हो । 

चितवन, तनहँु र नवलपरासी तीन जिल्ला तथा नारायणी, गण्डकी र लुम्बिनी तीन अञ्चलको सिमानामा रहेको नदीमा स्नान गर्न टाढा टाढाबाट श्रद्धालुहरु आइपुगेका छन ।

नेपालका धेरै भूभाग र भारतबाट देवघाटमा भक्तजनहरु आउने गर्दछन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]