फुट्यो सद्भावना पार्टी पनि !


YYY
 साउन २ काठमाडौँ ।  मधेसी दलहरु विभाजन हुने लहर चलिरहेकै बेला सद्भावना पार्टी पनि विभाजित भएको छ। अध्यक्ष राजेन्द्र महतोसँग असन्तुष्ट रहँदै आउनुभएका अनिलकुमार झाले चार सभासद्सहति आज संघीय सद्भावना पार्टी गठन गर्नुभएको छ ।

 झासँगै खोभारी राय, महेश यादव र मलवतीदेवी रानाथारु नयाँ पार्टीमा जानुभएको छ । यो संगै संविधानसभामा प्रतिनिधित्व गर्ने पार्टीको सङख्या पनि बढेर ३१ पुगेको छ । नयाँ पार्टीबारे संसद सचिवालयमा जानकारी गराई सकिएको र आजै निर्वाचन आयोगमा दर्ता गरिने अध्यक्ष झाले जानकारी दिनुभयो । पार्टी हित विपरित काम गरेको भन्दै सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले झालाई केही दिनअघि निलम्बन गर्नुभएको थियो । 

पार्टी विभाजनबारे जानकारी दिन अनिल कुमार झाले अहिले केहीबेरमा काडमाण्डुमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]