बिहे र डिभोर्सपछि बल्ल आयो प्रेम पत्र


YYY
'प्रेम पत्र’ शब्द सुन्दा नै मनमा अनौठो अनुभूति हुन्छ । झन् प्रेम पत्र साटासाट गर्दाको चरम आनन्द कति होला ? यो त प्रेमी-प्रेमिकालाई नै सोध्नु पर्छ । हृदयभरी खुसीको लहर छताछुल्ल ल्याउने यस्तो मायाको चिनो कसैले ५३ वर्षपछि पाउदा कति रिस उठ्ला ? यो त कल्पना मात्र गर्न सकिन्छ । क्लार्क सी मुर नामका एक अमेरिकीले आफ्नो गर्लफ्रेण्डको प्रेम पत्र उनीसाग बिहे र डिभोर्स दुबै भएपछि बल्ल पाएका छन् । पेनस्लेभेनियन विश्वविद्यालयको मेल बक्समा जूलाईको पहिलो हप्तामा भेटिएको उक्त पत्र सन १९५८ मा लेखिएको खुलासा भएको छ ।

जानीजानी आफ्नो नाम -महमद सिडिक) परिवर्तन गरेकाले मुरले पत्र ढिलो पाएका हुन् । मुरको साथीले पत्रबारे एक टेलिभिजन रिपोर्ट थाहा पाई सम्बन्धित कार्यालयमा सम्पर्क गरेको थिए । तर खै किन हो, मुर भने पत्रबाट टाढा भागी रहे । विवाहपछि चार सन्तानलाई जन्म दिएकी प्रेमिकासाग भने मुरको डिभोर्स भैसकेको छ । यद्यपी उक्त प्रेम पत्र पढ्न अझै उत्कट चाहना भएको ७४ वषिर्य मुरले भने ।

दुई पेजको प्रेम पत्र २० फेब्रुअरी १९५८ मा पोस्ट भएको थियो । शिक्षण पेशाबाट अवकास लिई हाल इण्डियनापोलिसमा बस्दै आएका मुरले पत्रबारे विश्वविद्यालयले जानकारी गराउदा चकित परेको बताए । ‘अमेरिकामा यस्तो प्रणाली छ कि कुनै चिज तपाइको हो भने त्यो तपाईले ढिलो चाडो अवश्य पाउनु हुन्छ,’ मुरले हास्दै भने, ‘पत्रले विगतको त्यो इमान्दारिता, चाहना र निर्दोषपना देखाउने हुदा पढ्ने रहर उत्कट छ ।’ दःखको कुरा के छ भने मु्रले प्रेमपुर्ण पत्र त पाउने भएका छन्, तर प्रेम पत्रकी लेखिकालाई भने सधैको लागि गुमाएका छन्

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]