कोपा अमेरिका फुटबलको उपाधि उरुग्वेलाई


YYY
  साउन ९ एजेन्सी । लुई सुआरेज र डिएगो फोरलानको उत्कृष्ट प्रदर्शनसँगै उरुग्वेले कोपा अमेरिका कपको फाइनलमा पराग्वेलाई ३–० ले हराएको छ । उरुग्वेले कोपा अमेरिका कप उपाधि जितेको यो पध्रौ पटक हो । यससँगै सर्वाधिक धेरै पटक कोपा अमेरिका उपाधि उचाल्ने किर्तिमान बनाएको उरुग्वे दक्षिण अमेरिकाको सबैभन्दा सफल फुटबल राष्ट्र बनेको छ ।  लिभरपुलका स्ट्राइकर सुआरेजले प्रतियोगिताको १२औं मिनेटमा पहिलो गोल गरेर उरुग्वेलाई अग्रता दिलाएका थिए ।

त्यसको केही मिनेटमै फोरलानले दोस्रो गोल गरेर जित नजिक्याए । हाफ टाइमपछि पनि  पराग्वले कुनै दबाव सिर्जना गर्न सकेन भने उरुग्वेले उत्कृष्ट खेल जारी राख्यो । फोरलानले खेलको अन्तिम समयमा आफ्नो दोस्रो गोल गरे ।

त्यसपछि उरुग्वेले तीन गोलका साथ प्रतियोगिता जित्यो । उरुग्वेले पछिल्लो समय सन् १९९५ मा कोपा अमेरिका जितेको थियो । ल्याटिन अमेरिकामा हुने यो प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना  फाइनल त के सेमीफाइनलसम्म पनि पुग्न सकेनन्  ।

फाइनलमा गरेको दुई गोलपछि विश्वकपमा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका फोरलानले  आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन् । पछिल्लो विश्वकपमा उरुग्वे सेमीफाइनलसम्म पुगेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]