अबिरल बर्षाले उपल्लो मुस्ताङमा मानबिय एव भौतिक क्षति


YYY
चन्द्रश्वर बस्ताकोटी
 साउन १३  जोमसोम । उपल्लो मुस्ताङमा गत विहिबार देखि लगातार परेको अविरल बर्षा पछि २ जनाको मृत्यु भएको छ । अबिरल बर्षा पछि बुधबार बढेको छोसेर खोलाले बगाउदा ढुककी ३० बर्षीय निमा छेजुङ गुरुङको मृत्यु भएको छोसेरका स्थानिय बासिन्दा टासी गुरुङले बताए । छोसेर गाबिस ढुककी निमा छेजुङ गुरुङलाई दिउसो करिब ४ बजे कपडा धुने क्रममा एक्कासी खोला बढेर बगाउदा मृत्यु भएको स्थानिय बासीन्दाले बताए । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले महिलाको मृत्यु भएको जानकारी प्राप्त भएपनि मृत्युको कारण बाढी नै भएकोमा सकां ब्यक्त गरे ।

यसै गरि बर्षाका कारण घर भत्कीएर छुसाङ गाबिस बडा न ५ तेताङकी ५९ बर्षीय ङिमा ढुमा गुरुङको घटनास्थलमै गत आइतबार मृत्यु भएको थियो ।

लगातारको पानीले छोसेर गाबिस वडा नं १ का स्थानिय बासीन्दा एव नेपाली काग्रेस मुस्ताङका सभापति सुवर्णकुमार बिष्टको पुरानो घर भत्कीएको छ । बडा नं ४ एचेनबुकका ताक्ला गुरुङ तथा वडा न २ निफुकका मिङमर गुरुङको घरमा समेत क्षति पु¥याए पछि अन्य घरमा गै बसेको बताइएको छ । 

हिमालयन छोसेर युवा क्लबका अध्यक्ष समेत रहेका टासी गुरुङका अनुसार छोसेरको न्यानोल स्थित दिब्य दिप प्राथमीक बिद्यालयको कम्पाउण्ड, सगै रहेको क्लबको कम्पाउण्ड र बृक्षारोपण गरिएका बिरुवाहरु पहिरोले लगेको छ । छोसेर गाबिस वडा न ८ न्यानोलमा बनाइएको काठेपुल छोसेर खोलाले बगाएको छ । बडा न १ देखी सम्मका बासीन्दाले प्रयोग गर्ने मानेपेमे स्थित काठेपुलको समेत एका पट्टीको भाग खोलाले बगाएको छ ।

अबिरल बर्षाका कारण उपल्लो मुस्ताङका माटोले बनेका प्राय घर चुहिएको बताइएको छ । चराङ गाबिस मराङमा बृक्षारोपण गरिएका करिब ६ सय छोसेरको समजुङमा बृक्षारोपण गरिएका करिब ३ सय बिरुवा समेत अबिरल बर्षा पछि बाढीले लगेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका र्पयटन सहायक मघु बरालले बताए । अबिरल बर्षाले स्थानीय घर, गुम्वा, खानेपानी, जलबिद्युत, सिचाई लगायतमा क्षती पु¥याएको छ । बर्षासंगै आएको बाढीले लोमान्थाङ साना जलविद्युत केन्द्र, सिँचाई आयोजना र खानेपानीको मुहानमा क्षती पु¥याएको छ ।

लोमन्थाङमा २ सय मिटर खानेपानीको पाइप बगाएको छ भने खानेपानी ट्याकीमा समेत क्षति पु¥याए पछि खानेपानीको समस्या हुदा खोलाको धमीलो पानी प्रयोग गर्न स्थानियबासी बाध्य भएको लोमन्थाङका इन्द्रधारा बिष्टले जानकारी दिए । उनका अनुसार खोलामा पानीको सतह बढेपछि लोमान्थाङ, छोसेर, चराङ र घमी खोलाका काढेपुलमा समेत क्षति पुगेको छ । उनले भने बिश्व सम्पदा सुचिमा सुचिकृत हुने तयारीमा रहेको १ सय आठकोढे माटोबाट बनेको लोमान्थाङ दरवार समेत चुहिएको छ ।

दैबि प्रकोप उद्धार समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बिभिन्न सचार माध्यममा आए जस्तो ठुलो मुस्ताङमा बाढी पहिरो नआएपनि बाढी पहिरोले क्षति पु¥याएको बताए । छोसेर ढुककी ३० बर्षीय निमा छेजुङ गुरुङको मृत्यु भएपनि प्रहरी प्रशासनमा कुनै जानकारी नगराएकोले यसै गरि मृत्यु भएको भन्न नसकीने उनको भनाई थियो । छोसेरका २ बटा घर बाढीले क्षति पु¥याएको बारे प्रहरी त्यस तर्फ बुझ्न गएको उनले जानकारी दिए ।

जल तथा मौसम बिज्ञान बिभाग मौसम अबलोकन केन्द्र जोमसोम माउण्टेन रिर्सोट को तथ्याक अनुसार कम पानी पर्ने मुस्ताङमा गत जेष्ठ २५, २७, ३० असार ४, ५, ६, ११ १२ १४, १५, १६, २१, २८ ३१ ३२ श्राबण १, ४, ६, ७, ८, ९, ११ र १२ गते पानी परेको छ । गत श्रावण ७ गते १० दसमलब ४ मीली लिटर पानी परेको यो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]