सरकारले पेश गरेको बजेटका बारेमा नेपाली कांग्रेसद्वारा निजी क्षेत्रका उद्योगी ब्यापारीहरुसंग परामर्श


YYY
 साउन ५ काठमाडौँ । नेपाली कांग्रेसले सरकारले पेश गरेको आर्थिक बर्ष २०६८/७९ को बजेटका बारेमा निजी क्षेत्रका उद्योगी ब्यापारीहरुसंग परामर्श गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कर्मश लगायतका नीजि क्षेत्रका प्रतिनीधिसंग कांग्रेसले बिषयमा छलफल गरेको हो । कांग्रेससंगको छलफलमा अधिकांश ब्यवसायीहरुले सरकारले ल्याएको वजेटले नीजि क्षेत्रलाई हतोत्साही बनाएको, बितरणमुखी भएको तथा राजनीतिक सिद्धान्तबाट निर्देशित भएर आएको गुनासो सुनाएका थिए । उनीहरुले काँग्रेसलाई बजेटको बारेमा प्रतिपक्षीको धर्म निर्वाह गर्दै स्पष्ट धारणा बनाउन पनि आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले आफुहरुले सरकारलाई वजेटका बारेमा १६ बुँदे सुझाव दिएको तर वजेटमा समावेश नभएको जानकारी ब्यावसायीहरुलाई गराएको थियो । ब्यावसायीहरुसंग पुन छलफल गरेर मात्र संसदमा वजेटका बारेमा आफ्नो धारणा तय गर्ने पनि कांग्रेसले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]