सरकार र मोर्चाबीच चारबुदे सहमति ,अर्थ मन्त्रिद्वारा बजेट भाषण सुरु


YYY

 असार ३१ काठमाडौँ । संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका मागप्रति सरकार सरात्मक भएपछि मोर्चाले सरकारलाई आर्थिक बर्ष २०६८/६९ को बजेट सार्वजानिक गर्न दिने भएको छ । बजेट ल्याउने सहमती भएपछि केहिबेरमै व्यवस्थापिका संसदको बैठक केहिबेरमै बस्दैछ । बैठकमा अर्थमन्त्रि भरतमोहन अधिकारीले ५ प्रतिसतको औसत आर्थिक बृद्धिको लक्ष सहित नयाँ आर्थिक बर्षका लागि ३ खर्व ८४ अर्व ९० करोडको बजेट पेश गर्नुहुनेछ ।

आफुहरुको मागलाई बजेटमा समेट्न सरकार संबेदनशिल भएको प्रधानमन्त्रि झलनाथ खनालले प्रतिबद्धता जनाएपछि बजेट सार्वजानिक गर्न दिन सहमत भएको मधेशी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले जानकारी दिनुभयो ।सरकार र मोर्चबीच चारबुदे सहमति भएको बताइएको छ । मोर्चाले हुलाकी मार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, मधेस आन्दोलनका सहिदहरुको नाममा विद्यालय खेल्नु पर्ने र त्यस्ता विद्यालयलाई ५० लाख रुपैयाँ दिनु पर्ने लगायतका माग राखेको थियो ।

यसै बीच अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेट भाषण सुरु गर्नु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]