माओवादीको नेतृत्वमा सरकार नबन्ने काङ्ग्रेस नेता डा. महतको ठोकुवा


YYY
असार २५ काठमाडौँ।  नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले शनिबार  राजधानीमा गरेको साक्षात्कारमा डा महतले सेना समायोजन, पुनस्र्थापना, कब्जा सम्पत्ति फिर्ता जस्ता विषयमा ठोस काम नभएको अवस्थामा अहिले माओवादीको नेतृत्वमा सरकार बन्नै नसक्ने ठोकुवा गर्नुभयो । 

उहाँले नयाँ बन्ने सरकारमा माओवादीको नेतृत्व स्वीकार गर्ने अवस्था पनि नभएको बताउनुभयो । काङ्ग्रेसको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बन्ने कुरा आश्चर्यजनक भएको भन्दै यस्तो समाचारमा कुनै सत्यता नरहेको डा. महतको भनाइ छ । उहाँले माओवादी अध्यक्षको नेतृत्वमा काङ्ग्रेस सरकारमा जाने भन्ने समाचारको खण्डन गर्दै अरुको पार्टीभित्र कसले नेतृत्व गर्छ भन्ने चासो काङ्ग्रेसलाई नभएको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]