आगामी बजेटको बारेमा अर्थमन्त्री अधिकारीको छलफल


YYY

असार २७ काठमाण्डौ 

उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आगामी आर्थिक वर्षको बजेटको बारेमा प्रमुख ३ दलका शीर्ष नेताहरुसँग छलफल गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आगमी बजेटको आकार प्राथमिक्ताको बिषयमा कुरा भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीआईएनलाई जानकारी दिनुभयो । भेटका क्रममा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताहरुले बजेट सस्तो लोकपि्रयताको लागि भन्दा पनि विकास निर्माणका निश्चित योजना पूरा गर्नेगरी ल्याउन अर्थमन्त्री अधिकारीलाई सुझाव दिएका छन् । 

यसअघि काङ्ग्रेसले बजेटको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कनिका छरेजस्तो गरी सरकारले बजेट ल्याउन लागेकोभन्दै आलोचना गरेको थियो । अर्थमन्त्री अधिकारीले भने आर्थिक विकास द्वन्द्वपीडितहरुलाई सहयोग तथा ३ खम्बे अर्थनीतिलाई सघाउ पुग्नेगरी बजेट ल्याउने बताउनु भएको छ । छलफलमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामसरण महत नरहरि आचार्य एमालेका तर्फबाट प्रधानन्त्री तथा अध्यक्ष झलनाथ खनाल सुरेन्द्र पाण्डे लगायतको सहभागिता रहेको छ । ।अर्थन्त्री अधिकरीले आगामी ३० असारमा व्यबस्थापिका संसद समक्ष आर्थिक वर्ष०६८/०६९ को अनुमानित आय तथा व्ययको विवरण पेश गर्ने कार्यक्रम छ ।

यसैबीच अर्थमन्त्री भरतमोहन अधिकारीले आगमी आर्थिक वर्षको बजेट र त्यसबारेमा भएको तयारीका बारेमा राष्ट्रपति डाक्टर रामबरण यादवलाई आज जानकारी गराउनुहुने भएको छ । अपराह्न्न २ बजे राष्ट्रपति निवास सितल निवास पुगेर उपप्रधान तथा अर्थमन्त्री अधिकारीले आगामी बजेटको बारेमा जानकारी गराउने र छलफल गर्ने कार्यक्रम छ । सरकारले आर्थिकवर्ष २०६८/६९ को बजेट ल्याउने तयारी गरेको भए पनि बजेटको नीति तथा कार्यक्रम समय सुहाउँदो नभएको भन्दै प्रमुख प्रतिपक्षी बिपक्षी तथा सत्तामा रहेका दलका नेताहरुले समेत आलोचना गर्दै आएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]