प्रचण्डको विकल्प नभएको स्वस्थी मन्त्रि बस्नेतको भनाइ


YYY
 साउन ३ काठमाडौँ। एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डले सारेको शान्ति र संविधानमा मो हन बैद्य र बाबुराम भट्टराईले स्विकार गरिसकेको खुलासा गर्दै पार्टीको आधिकारीक लाईन त्यही भएको दावी गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डको विकल्प पार्टी नभएको स्पष्ट पार्दै बस्नेतले पार्टी अध्यक्ष र संसदीय दलको नेता अध्यक्ष नै रहिरहने ठोकुवा गर्नुभयो । उनले पार्टीभित्रको कार्य विभाजन पनि अध्यक्षकै ईच्छा अनुसार हुने दावी  गर्नुभयो।

उहाले भने–साना तिन केही विभागिय जिम्मेवारी परिवर्तन बाहेक अहिले कुनै ठुलो कार्य विभाजन हुदैन । बस्नेतले अध्यक्ष प्रचण्डले अगाडि सारेको लाईनलाई समर्थन गर्नु बाहेक अरुसँग विकल्प नभएको भन्दै कम्यूनिष्ट पार्टीको टेण्ड पनि त्यही भएको बताउनुभयो ।

मन्त्री बस्नेतले  पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषय हल्ला मात्रै भएको भन्दै कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्नै पर्ने कुनै बाध्यता नभएको स्पष्ट पर्नु भयो  । उहाले   अहिलेकै सरकारलाई राष्ट्रिय सरकारमा बदल्ने थुप्रै आधारहरु विद्यमान रहेको भन्दै बाबुराम भट्टराई प्रधानमन्त्री भन्ने विषय पनि हल्ला मात्रै भएको  बताउनुभयो


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]