सहमति अनुसार विमानस्थल निर्माण नगरिए आन्दोलनको चेतावनी


YYY
 असार  २९ काठमाडौं । ओखलढुगा, रामेछाप र सोलुखुम्बुको विचमा पर्ने खिजी चण्डेश्वरी विमान स्थाल निर्माणमा सरकारले सहमति विपरित बेवास्ता गरेको भन्दै विमानस्थल उपभोक्ता समितिले आन्दोलनको चेतावनी दिएको छ ।समितिले नेपाल सरकार र खिजी चण्डेश्वरी विमानस्थल उपभोक्ता समितिबीच खिजी चण्डेश्वरी विमानस्थल निर्माणका लागि चार वर्ष अगाडि गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ ।

बुधवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले २०६४ फागुन ९ गते नेपाल नागरिक उड्ययन प्राधिकरणले उपभोक्ता समितिसँग सम्झौता गरी चैत्र १५ भित्र काम सुरु गर्ने गरी सर्वेसम्म भैसकेको खिजी चण्डेश्वरी विमानस्थल निर्माण कार्य तत्काल सुरु नगरीए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

विमानस्थल निर्माणका लागि स्थानीय वासिन्दाहरुले १ सय ८० रोपनी, स्थानीय भेटनरीको ६४ रोपनी तथा सार्वजनिक जग्गा २५ रोपनी गरी जम्मा २ सय ७० रोपनी जग्गा विमानस्थन निर्माणका लागि समितिले व्यवस्था गरेको थियो ।

चारवर्ष अगाडि नै चार करोड रुपैया पर्ने गरिब निमुखाले जग्गा विमानस्थल बन्ने आशामा समिति मार्फत दिएका थिए । सो समयमा निर्माण लागत १३ करोड २९ लाख २६ हजार पाँचसय ९० रुपैया निर्धाण गरेकोमा हालको अवस्थामा विमानस्थल निर्माण लागत बढाउनु पर्ने अवस्थ आएको भन्दै समितिले तत्काल निर्माण कार्य सुरुगर्न सरकारसँग माग गरेका छन् ।

विमानस्थल निर्माणका लागि जनश्रमदान तथा सर्वे लगायतका शिर्षकमा उपभोक्ता समिति तथा स्थानीय सर्वसाधारणको ठूलो लगानी परिसकेको अवस्थामा तत्काल विमानस्थल निर्माणका लागि माग समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालले ओखलढुंगा जिल्ला हाल वेवारिसे अवस्थामा रहेको र खिजी चण्डेश्वरी विमानस्थल बने पर्यटकीय क्षेत्रको एउटा नमूना जिल्ला हुने ठोकुवा गरे ।

जग्गादाता सुरेशकुमार सुनुवारले नेपाल सरकारले विमानस्थल निर्माणका लागि बजेट छुट्याउँदैन भने २ सय ८५ घरधुरीलाई क्षतिपूर्ति गर्न माग गरे।

.....................

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]