सभासद् विश्वेन्द्र पासवानकी छोरी पोइल गइन्, भगाउने युवकलाई खलास गर्ने उर्दी ! केटाद्वारा प्राण रक्षाका लागि अपिल


YYY
राजकुमार राम 
 साउन २  लाहान ।  दलित जनजाति पार्टीका अध्यक्ष तथा उदण्ड सभासद विश्वेन्द्र पासवानकी १८ वर्षिय छोरी विद्यासिँह पार्टी कार्यालयका पिएन सप्तरी शम्भुनाथ-४ का २२ वर्षिय युवक राजलाल खत्वेसँग यही असार १९ गते आइतबारका दिन भागेको समाचार छ । संसद अवरोध गरेका कारण मार्शल लगाएर हटाई निलम्बन गरिएका सभासद विश्वेन्द्र पार्टीको कार्यक्रम भनी मधेसतिर अल्मलिएका बखत गौशाला पिंगलास्थानस्थित एक बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत १८ वर्षिय विद्यासिँह  आफ्ना प्रेमी खत्वेसँग भागेकी हुन् । सिरहा मिर्चैया रामनगर-५ स्थित एक बोर्डिङ स्कूलमा पटक- पटक फेल भई १८ वर्षको उमेरमा मुस्किलले ८ कक्षामा पुगेकी पासवानकी छोरी आफूभन्दा तल्लो जातको केटासँग भागेकी हुन् । 

उद्देग लाग्दो कुरा के छ भने आफूलाई दलितको नेता भन्दै जातीय समानताका लागि संसदमा मात्र नभई सर्वत्र आवाज उठाउने सभासद पासवानले आफूभन्दा सानो जातको र आफ्नै अफिसमा काम गर्ने केटोले छोरी भगाएर इज्जत फालिदिएको भन्दै आक्रोसित हुँदै पासवानले आफ्ना बफादार केन्द्रीय सदस्य सर्लाहीका राधेश्याम पासवान र सप्तरीका जगजीवन राममार्फत् ज्वाइँ राजलाल खत्वेलाई जहाँ भेटायो त्यहीँ खलास गर्नू । अन्यथा म राजनीति नै छोडिदिन्छु भन्दै धम्कीपूर्ण उर्दी जारी गरेका छन् ।

 उनको यो उर्दी सुनेर ज्वाइँ राजलाल खत्वे आफ्नी प्राणभन्दा प्यारी श्रीमती विद्या र आफ्नो प्राण रक्षाका लागि काठमाडौंमा रहेका आफ्ना मजदुर साथीहरुको डेरामा लुकेर बसेका छन् । सभासद पासवानले छोरी र भगाउने केटालाई खलास गर्न बफादार केन्द्रीय सदस्यहरु मार्फत् २ लाख रुपैयाँ दिई २० जना मधेससम्बद्ध भूमिगत गिरोहका कार्यकर्ता काठमाडौंका होटेल-लज तथा मजदुरहरुका डेरामा विगत केही दिनदेखि छापा मार्न पठाएको कुरा नाम नबताउने शर्तमा पार्टीका एकजना कार्यकर्ताले बताएका छन् । 

विश्वेन्द्र पासवान ज्वाइँ राजलाल खत्वे प्रेम-विवाह गर्नु कुनै अपराध नभएको बताउने राजलाल खत्वेले आफ्ना उदण्ड पागल एवं अपराधी मनोवृत्तिका ससुरा विश्वेन्द्र पासवान संसदमा समेत कुर्शी -टेबल तोड्न कपडा च्यात्न र मान्छे उठाएर झ्यालबाट फ्याँक्न पछि नपर्नेले मजस्तो गरिब निमुखा र सानो जातको व्यक्तिलाई के बाँकी राख्लान् र भन्दै आफ्नो प्राण रक्षाका लागि सबैसँग अपिल गर्दै पत्रकार सम्मेलन गरी सार्वजनिक हुन चाहेको र आफ्नो र आफ्नी श्रीमती विद्याको कहीँ कतै हत्या भए वा घटना घटेमा त्यस्को सम्पूर्ण जिम्मेवारी सभासद ससुरा विश्वेन्द्र पासवानको हुने बताएको सम्बद्ध स्रोतले बताएको छ ।

 विश्वेन्द्रका ज्वाइँ राजलाल खत्वेको परिवारसँग सम्पर्क गर्न खोज्दा निजकी आमा र दिदीलाई यो कुरा बाहिर गरे ठीक हुने छ्रैन र बहुत ठूलो क्षेती ब्यहोर्नुपर्ने छ भनी धम्की दिइएको दाजु पर्ने चन्द्रलाल खत्वेले बताउँदै भाई राजलाल खत्वेको प्राण जोखिममा रहेको र जसरी पनि बचाइदिनुस् हजुर ! हामी दलित गरिबको को छ र भन्दै मोबाइलमै अलाप-विलाप गरी हार-गुहार गरेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]