भदौ १४ सम्म पनि संविधान निर्माण हुन नसक्ने बन मन्त्री जोशीको भनाइ


YYY
 साउन ९ कैलाली। वन तथा भुसंरक्षण मन्त्री भानुभक्त जोशीले आगामी भदौ १४ भित्र पनि संविधानको एकीकृत मस्यौदा तयार गर्न नसकिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा सोमबार  संचारकर्मीसंग कुराकानी गर्दै वन मन्त्री जोशीले संविधान निर्माणका लागि थपिएको तीन महिना पनि सरकार गठन र बजेट निर्माण गर्नमै बितेको स्वीकार्नुभयो । अब भदौ १४ सम्म संविधानको मस्यौदा जनता माझ लगेर संविधानको म्याद थप्ने योजना रहेको उहांले बताउनुभयो ।

सरकार गठनमा किचलो र माओवादीका लडाकुको समस्या सामाधान गर्ने बिषयमा सहमति जुट्न नसक्दा संविधान निर्माण ओझेलमा भएको उहांको दाबी छ । राजनीतिक दलहरु आन्तरिक कलहमै केन्द्रीत भएकाले पनि सरकारले कुनै काम गर्न नसकेको उहांले बताउनुभयो ।

उहांले सुदूरपश्चिमका प्रमुख वन लालझाडी र बसन्तालाई संरक्षण गर्नका लागि बजेटमा बिशेष प्यकेज राखेको जानकारी समेत गराउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]