भारतीय नेताहरु सहमतिको सरकारको पक्षमा


YYY
ऋषि धमला
 साउन  ८ नयाँ दिल्ली। भारतीय प्रभावशाली नेताहरु नेपालमा सहमतिको सरकार गठनको पक्षमा देखिएको छन् ।उनीहरुले नेपालमा दलहरुको सहमतिमा शान्ति र संविधान निर्माणको काम छिटो सम्पन्न गरेर सक्रमणकाललाई जतिसक्दो छिटो अन्त्य गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

काग्रेस आईका महामन्त्री दिग्वीजय सिहले नेपालको राजनीतिलाई आफूले नजिकबाट निहाली रहेको भन्दै नेपाली दल र नेताहरुले सहमतिमा मुलुकको समस्या समाधान गर्नु पर्नेमा जोड दिए । विगतमा नेपाली नेताहरुले मुलुकको समस्या समाधानमा देखाएको क्षमताले नेपाली नेताहरु अहिलेको समस्या समेत समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै भारतले सदभाव र सहयोगबाट केही नगर्ने स्पष्ट पारे । उनले नेपालमा तोकिएकै समयमा शान्ति प्रक्रिया निश्कर्समा पुर्याउँदै समस्या समाधान हुनु पर्ने भन्दै  भारतले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिहले दिगो शान्तिकोलागी राजनीतिक स्थायीत्व हुनु पर्ने भन्दै राजनीतिक स्थायीत्व विना नेपालको प्रगति हुन नसक्ने ठोकुवा गरे । उनले नेपालको राजनीतिक सक्रमणको अन्त्य गर्न सहमतिमा जाने बुद्धिमान पूर्ण निर्णय गर्नु बाहेकको विकल्प नेपाली राजनीतिक दलहरुसँग नभएको भन्दै लोकतान्त्रिक संविधान बन्नु पर्नेमा जोड दिए ।

राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठील आफूले नेपाली नेताहरुसँग नियमित कुरा गरिरहेको जानकारी दिदै प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति सुशिल कोइरालाले सहमतिमै मुलुकको समस्या समाधान गर्नु पर्ने सुझाव दिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]