जिपको ठक्करवाट महोत्तरीमा सिन्धुलीकी एक वालिकाको ज्यान गयो


YYY


भोजराज कोइराला,साउन २,महोत्तरी 

विपी राजमार्ग अन्तर्गत महोत्तरीको गौरीवास २ गौरीडाँडामा आज जीपको ठक्करवाट एक बालिकाको ज्यान गएको छ । सिन्धुलीको भिमान घर भई अहिले महोत्तरीको गौरीवास २ गौरीडाँडा बस्दै आएकी १० वर्षका अविना थापाको जीपको ठक्करबाट ज्यान गएको हो ।

 सिन्धुलीबाट महोत्तरीको बर्दिवासतर्फ आउँदै गरेको ना २ च ३१०२ नम्बरको जीपले ठक्कर दिँदा सडकमा हिँडिरहेकी उनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनापछि ठक्कर दिने जीप र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]