प्रहरीद्धारा अबैध मिठ्ठा बरामद


YYY

सुनिल ठाकुर,साउन ४,सर्लाही

सर्लाहीको कर्मैयाबाट प्रहरीले आज अबैधरुपमा बरहथवाबाट काठमाण्डौ लगि रहेको मिठ्ठा सहित ट्रकलाई प्रकाउ गरेको छ ।  नियमित चेक चाँजको क्रममा कर्मैया चेक पोष्टले सर्लाहीको बरहथवाबाट काठमाण्डौ लगि रहेको अबैध मिठ्ठा सहित ट्रकलाई पक्राउ गरेको इलाका प्रहरी हरिवनका प्रहरी निरीक्षक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरीले ना।४ ख ५९५६ नम्बरको ट्रक र त्यसमा लोड गरिएको २९२ बोरा मिठ्ठा पक्राउ गरेको छ । पक्राउ गरिएको मिठ्ठाको मूल्याकंन ८ लाख तथा ट्रकको मूल्याकंन २० लाख गरि जम्मा २८ लाखको रहेको प्रहरीको अनुमान छ । 

प्रहरी पक्राउ गरेको ट्रक तथा मिठ्ठालाई आजै भन्सार कार्यालयमा बुझाए पनि भन्सारले राजस्वमा बुझाउन निर्देशन दिए पछि पक्राउ गरिएको ट्रक मिठ्ठलाई अहिले हरिवन इलाका प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ गरिएको मिठ्ठा भारतबाट ल्याई नक्कली भ्याट बिल बनाएकोले त्यो पूर्ण अबैधानिक भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । मिठ्ठा बरहथवाका व्यपारी प्रभु दासको रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]