एकलौटि निर्णय गरेकाले पार्टि विभाजन गर्नु परेको अनिल झाको गुनासो


YYY
 साउन ४ भक्तपुर। सघिंय सदभावना पार्टिका अध्यक्ष अनिल कुमार झाले सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले पार्टि भित्र एकलौटि निर्णय गरेकाले पार्टि विभाजन भएको स्पष्ट पार्नु भएको छ । रफतसन्चार कल्ब भक्तपुरले आज आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले पार्टि भित्र महतोको तानाशाही प्रवृति थेग्न नसकेकाले पार्टि विभाजन भएको खुलासा गर्नुभयो । 

अहिले सत्ताको खेल नभएकाले पार्टि सत्ताका लागि नै विभाजन नभएको उल्लेख गर्दे झाले पार्टिमा सत्ता लोलुप्ताको कुनै गन्ध नदेखीएको बताउनु भयो । आफु मधेशको नेपाली भएको बताउदै अध्यक्ष झाले मधेशका मुद्दा लाई उठाएर राजनीती गरिरहेका मधेशी दलहरु सत्ता र पैसाको पछाडि लागेको उहाँको आरोप थियो । राजेन्द्र महतोले कारबाहीमा परेका झाको पार्टिको कुनै औचित्य नरहेको भन्ने भनाईको प्र्तिबाद गर्दे उहाँले आफु सगं ४० प्रतिशतको सक्रिय सर्मथन रहेकोले सघिंय सदभावना पार्टि पुर्ण बैधानिक भएको बताउनु भयो। 

कार्यक्रममा सघिंय सदभावना पार्टिका उपाध्यक्ष खोभारी र ायले राजनितीमा ब्यक्ति भन्दा समय वलवान रहने चर्चा गर्दे अहिले समयले सघियं सदभावना पार्टिको आवश्यकता जन्माएको बताउनु भयो । जनताहरुको विश्वास जित्न नसक्ने पार्टि र तिनका नेताहरुको समुल नष्ट हुने रायको चेतावनि थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]