तत्काल क्षतीपूर्ती नदिए अर्को कपिलबस्तु काण्ड दोहोर्याउने चेतावनी


YYY
 साउन ११ काठमाडौं । गत २०६४ साल भदौ ३० गते १४ जनाको मृत्यू र करोडौको क्षती हुने गरी भएको दुर्घटनाका पीडितहरुलाई तत्काल क्षतीपूर्ति नदिए अर्को विभत्स कपिलवस्तु घटना दोहार्याउने संघर्ष समितिले चेतावनी दिएको छ ।

उनीहरुले सरकारले तत्काल कपिलबस्तु घटनाका पीडितहरुलाई २१ करोड क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै त्यस्तो माग गरेका हुन । राजधानीमा बुधबार  पत्रकार सम्मेलन गरेर कपिलवस्तु घटनामा करिव ५० करोडको नोक्सानी र १४ जनाको ज्यान गएको घटनालाई सरकारले वेवास्ता गरे उनिहरुले बताएका छन् । घटनाका पीडितहरुले मल्लिक आयोगले सार्वजनिक गरेको प्रतिवेदन सार्वजनिक गर्न र क्षतिपूर्ति उपलब्ध गराउन  प्रधानमन्त्री नागरिक समाज समक्ष माग गरेका छन् ।

उनीहरुले सरकारद्वारा गठन गरिएको प्रतिवेदनको अक्षरश पालना गर्न जोडदार माग समेत गरेका छन् । कपिलवस्तु घटना पीडित संघर्ष समितिका उपाध्यक्ष टीका कुँबरले पीडित जनताले तत्काल क्षतिपूर्ति नपाए  कडा आन्दोलनमा उत्रन आफूहरुलाई दवाव दिईरहेका जानकारी दिदै तत्कालकालागी २१ करोड रुपैया उपलब्ध नगराईए आन्दोलनको आँधिबेरी ल्याउने चेतावनी दिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]