भारतमा मृत्यु भएका पाँच नेपालीको शव कञ्चनपुरमा आफन्तले बुझे


YYY
 साउन  ९ काठमाडौं । भारतको देहरादुन मजदुरी गर्न जाने क्रममा गाडीमा करेन्ट लागेर मृत्यु भएका मध्ये चार जनाको शव आफन्तलाई बुझाईएको छ । आफन्तहरु आउन ढिलागरेर जाजरकोटका एक जनाको भने शव बुझाईएको छैन ।

चलिरहेको गाडिमा भारतको अवलटापुरमा बिजुलीको तारले छोएर दुर्घटना हुदाँ पाँच जना नेपालीको मृत्यु भएको थियो । आइतबार भएको दुर्घटनामा कैलाली फूलबारी–३ का सुखराम चौधरी, मसुरिया–७ का मनोज चौधरी र हसुलियाका बमबहादुर चौधरी रहनुभएको छ । त्यसैगरी सल्यान जिल्ला कालीमाटीका धनबहादुर खत्री र जाजरकोट पुन्मा–२, मुथेग्राका शेरबहादुर अधिकारीको पनि करेन्ट लागेर मृत्यु भएको थियो छ ।
भारतीय प्रहरीले कञ्चनपुरको गड्डाचौकी प्रहरीलाई पाँच जना नेपालीको शव बुझाएपछि आफन्तलाई ती शवहरु बुझएको प्रहरी नायव निरीक्षक नेत्रप्रसाद भट्टले जानकारी दिनुभयो । पाँच शव मध्ये ४ चार वटा शव आफन्तले बुझिसकेका छन् ।

जाजरकोटका अधिकारीको घर दुर्गम र विकटमा भएकाले आफन्तलाई खबर पुराउन नसिकएको नायव निरीक्षक भट्टले बताउनुभयो । दुर्घटनामा घाईते भएका मध्ये २४ जनाको देहरादुनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइते अधिकांश नेपाली हुन् ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]