जनकपुर चुरोट कारखाना मंगलबारदेखि सञ्चालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन


YYY
 साउन   ९ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले बन्द रहेको जनकपुर चुरोट कारखाना कारखानालाई भोलीदेखि सञ्चालनमा ल्याउन उद्योग मन्त्रालय र कारखानालाई निर्देशन दिएको छ ।आर्थिक समस्या, धेरै कर्मचारी, कमजोर व्यवस्थापन लगायतका कारण देखाउदै जनकपुर चुरोट कारखाना पछिल्लो केही महिना यता बन्द रहेको छ । कारखाना बन्द रहेपछि सयौ कर्मचारी प्रभावित हुँदै आएका छन् । समितिले भोलीदेखि नै कारखाना सञ्चालनमा ल्याएर चुरोट उत्पादनको काम शुचारु गर्न निर्देशन दिएको सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।

त्यसै गरेर लेखा समितिले जनकपुर चुरोट कारखानाको आयव्यय, लेखापरिक्षण, लगानी, रणनीति, योजना बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउन पाँच सदस्सीय छानविन समिति गठन गरेको छ । समिति सदस्य तथा एमाले सभासद रविन्द्र अधिकारीको संयोजकत्वमा रहेको छानविन समितिमा राजेन्द्र खेतान, कृष्णबहादुर गुरुङ, नारायणी देवी घिमिरे र समितिा कार्की सदस्य रहनुभएको छ ।

छानविन समितिले दिने आफ्नो अध्ययन प्रतिवेदनका आधारमा लेखा समितिले सरकारलाई थप निर्देशन दिने सभापति यादवले बताउनुभयो । राजनीतिक हस्तक्षेपका कारण जनकपुर चुरोट कारखाना अत्यन्तै दैनिय अवस्थामा रहेको छ । चुरोट कारखानालाई आवश्यक पर्ने कच्चापदार्थ, आवश्यक रकम लगायतका सहयोग उपलब्ध गराउन लेखा समितिले सरकालाई निर्देशन दिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]