माया,प्रेम र सद्भावले राजनितिक दल लगायत सम्पुर्ण जनता अघि बढे शान्ति चिरस्थायि हुने


YYY
 साउन ५ काठमाडौँ। प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागि काँईलाले माया,प्रेम र सद्भावले राजनितिक दल लगायत सम्पुर्ण जनता अघि बढे शान्ति चिरस्थायि हुने बताउनु भएको छ ।उहाँले देशमा शान्ति चिरस्थायि भयो भने मात्र मुलुकको विकाश हुने बताउनु भयो ।बुधवार काठमाडौंमा सुर्योदय आवासिय माध्यमिक विधालयको रजत जयन्ति,भानु सुर्योदय स्रष्टा सम्मान र मान्छे भित्रको मान्छे नामक कविताको विमोचनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उपकुलपति काँईलाले मुलुक भौतिक ,मानसिक र राजनितिक हिसाबले गज्रिएको भन्दै साहित्यकारहरुको साहित्यले मुलुकलाई उज्यालो प्रदान गर्नुपर्ने बताउनु भयो ।राष्ट्रको अवस्था पेचिलो भएको अवस्थामा साहित्यकारहरुले विशेष किसिमबाट आफ्नो भुमिका खेल्न आवश्यक रहेकोमा उपकुलपति काँईलाको जोड रहेको छ ।

कार्यक्रममा गितकार तथा कवि दुर्गालाल श्रेष्ठलाई रु पन्ध्र हजार र ताम्रपत्र प्रदान गरिएको थियो ।यस अघि विगतका वर्षमा कृष्ण प्रसाद पराजुलि,भवानी घिमिरे,ज्ञानु वाकर पौडेल,रमेश विकल,शान्त दास न्यौपाने,चुडामणी वन्धु र तोया गुरुगंले भानु सुर्योदय स्रष्टा सम्मानबाट सम्मानित भईसकेका छन् ।कार्यक्रममा साहित्कार एवं विधार्थिहरुले कविता,गजल तथा साँस्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुति रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]