अनैतिक सम्वन्ध दिगो वनाउन श्रीमानको हत्या गरेको खुलासा


YYY



ध्रुवचन्द्र खड्का,असार ३१

हत्याको अभियोगमा सिन्धुली प्रहरीले आज ४ जनालाई सार्वजनिक गरेको छ । केहि दिन अघि कमलामाइ नगरपालिका ६ सिन्धुलीको रातमाटा स्थित बाँसझ्याङ्मा भेटिएको वस्तीपुरका गोकुल विश्वकर्माको हत्याको अभियोगमा  प्रहरीले पक्रेको हो । विश्वकर्माको हत्याको अभियोगमा उनकै श्रीमती मनिका भनिने मानकुमारी विक कमलामाई ६ धुराबजारका घर ठेकेदार डम्वर भन्ने मित्रलाल श्रेष्ठ रानिचुरी ८ का कुले खुलाल मगर र रिस्कु ४ उदयपुरका शम्भु रानामगर रहेका छन् ।

आज संचारकर्मी राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थितिमा ति चारै जनालाई्र प्रहरीले सार्वजानिक गरेको हो । चारै जनालॆ आफूहरुले विश्वकर्मालाइ हत्या गरेको स्वीकार गरेका छन् । मृतक विश्वकर्मालाइ यहि असार ४ गते उनकी जेठी श्रीमती मान कुमारीको कोठामा हत्या गरी कमलामाई नपा ६ रातमाटाको वाँसझ्याङ् रहेको इनारमा फालेका थिए । मृतकको शव असार २७ गते सनाखत भएको थियो ।

 हत्याको अभियोग लागेका डम्वर भनिने ठेकेदार मित्रलाल श्रेष्ठसंग मृतककी जेठी श्रीमती मान कुमारीको अनैतिक सम्वन्ध भएको प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनु भयो । मृतक विश्वकर्माको एक छोरा र एक छोरी छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]