कमलामाई नगरपालिकाको राजस्व संकलनमा वृद्धि


YYY

एसवी गौतम,साउन ५,सिन्धुली 

कमलामाइ नगरपालिका सिन्धुलीले आर्थिक वर्ष २०६७/६८ मा आन्तरिक श्रोतवाट ४४ लाख ८६ हजार ४ सय ८६ रुपैँया राजस्व संकलन गरेको छ । त्यस्तै बा।य श्रोतवाट ८ करोड ६५ लाख ५३ हजार ७२ रुपैँया राजस्व संकलन  गर्न सफल भएको छ । 

आन्तरिक श्रोतवाट लक्ष्य: ४४८६१२० ।- 
वा।य श्रोतवाट लक्ष्य: ७६३९५२०८।- 

आन्तरिक श्रोतवाट संकलित राजस्व लक्ष्य भन्दा ३ सय ६६ रुपैँया वढी हो भने वा।य श्रोतवाट संकलित राजस्व रकम पनि लक्ष्य भन्दा झण्डै १ करोड एक लाख भन्दा बढी हो । आन्तरिक श्रोतवाट संकलित राजस्वमा सवैभन्दा वढी एकिकृत सम्पत्ति करवाट १६ लाख ३६ हजार ५ सय वैसठ्ठी रुपैँया संकलन भएको छ । त्यस्तै नक्सापास भाडा तथा वहाल व्यवसाय कर सिफारिस तथा वक्सौनी कर तथा विरौटी कर लगायतका शीर्षकवाट राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

 महत्वकांक्षी लक्ष्य नराखेको र सम्पूर्ण नगरवासीहरुले साथ सहयोग गर्नुका साथै कर्मचारीहरुले पनि सहि गतिमा काम गरेकाले  लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख भुपाल वराल वताउनुहुन्छ । "यसरी लक्ष्य अनुसार मात्रै पनि राजस्व उठाउन सक्ने हो भने कमलामाइ नगरपालिका क्षेत्रफलमा मात्र हैन विकास र गुणस्तरको हिसावले पनि देशको दोश्रो ठूलो नगरपालिका वन्न सक्छ वरालले भन्नुभयो । 

उता नगरपालिका कार्यालयका कर शाखा प्रमुख कुमार थापा भन्नुहुन्छ "कमलामाइ नगरपालिका भौगोलिक दृष्टिकोणले पनि विकट भएको र गरिव नगरपालिका हँुदाहुँदै हामीले परिषदले अनुमोदन गरेभन्दा वढी राजस्व संकलन गर्न सक्यौँ । आउने वर्षहरुमा अझ तदारुकताका साथ काम गर्ने वताउँदै राजस्व संकलनमा आफू सन्तुष्ट भएको वहाँ वताउनुहुन्छ । यसका लागि कार्यालयले वातावरण तयार गरिदिनुपर्ने कर शाखाको िसंगो आवाज थियो । त्यस्तै कमलामाइ नगरपालिकावाट आर्थिक वर्ष २०६७/६८ मा सम्झौता भएका योजनाहरु मध्ये धेरैजसो सम्पन्न भैसकेको पनि कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६७/६८ मा जम्मा ८२ वटा योजनाहरु स्वीकृत भएकोमा ६९ वटा योजना सम्पन्न भएको नगरपालिकाका योजना प्रमुख विनोदवावु खकुरालले जानकारी दिनुभयो । असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने सडक वोर्ड र नगर विकास कोषका ११ वटा योजनाहरु भने सन्चालनमा रहेको वहाँले वताउनुभयो । 

: जम्मा ८२ वटा योजना स्वीकृत भएका 
: ६९ वटा योजना सम्पन्न 
: ११ वटा योजना सन्चालनमा रहेका  

कार्यालयको विकास योजना अन्रगत स्वीकृत योजनाहरु मध्येवाट इष्टिमेट अनुसार काम नभएका विवादका कारण विचमै योजना अलपत्र परेका र अन्य गरि जम्मा ५ लाख ७ हजार रुपैँया रकम पि्रुज भएको पनि योजना प्रमुख खकुरालले वताउनुभयो । जस अन्तरगत बाँस कटेरी हावेडण्डी सडक मर्मतको १ लाख वालमन्दिर देखि शिवनगर माझिटार सडक मर्मतको १ लाख ५० हजार राम मन्दिर कालीमाटी सडकको १ लाख ४० हजार कात्तिके सडक मर्मत १० हजार आहाले खानेपानी योजनाको २७ हजार रानीचुरी सडक मर्मत योजनाको ३५ हजार कनपा।१३ कालिखोला खानेपानी योजनाको १० हजार र बागछेडा स्कुल मर्मतको ३५ हजार गरि जम्मा ५ लाख ७ हजार रुपैँया रकम पि्रुज भएको र सो रकम नेपाल सरकारको अर्थमन्त्रालयमा जाने पनि वहाँले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]