नर्वेमा आतंककारी विध्वंस मच्चाउने युवकलाई अदालतमा पेश गरिंदै


YYY
 साउन ९   एजेन्सी । नर्वेमा कम्तीमा ९३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट र गोलीकाण्डका दोषी एन्डर्स बेहरिंग ब्रेबिकलाई अदालतमा बयानका लागि लगिदैछ । हिरासतमा रहेका एन्डर्सलाई आफैं अदालतमा बयान दिन तयार रहेको नर्वेली प्रहरी प्रवक्ताले जानकारी दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एन्डर्सका वकिलका अनुसार अदालतका सामुन्ने घटनाका बारेमा एन्डर्सले सबै कुरा बताउनेछन्।

एन्डर्सले भने आफु एक्लैले नर्वेलाई आमुल परिवर्तन गराउनका लागि घटना गराएको दावी गरेका छन् । नर्वेका प्रहरी प्रमुख स्वेइनुग स्पोन्हुईमले घटनामा ब्रेबिकबाहेक अरुको पनि संलग्नता रहे नरहेको विषयमा छानबिन गरिरहेको बताएका छन् ।

राजधानी ओस्लोमा भएको कार बम किस्फोटमा परी ७ जनाको मृत्यु भएको थियो भने उटोईयो टापुमा भएको गोलीकाण्डमा ८६ जनाले ज्यान गुमाएका थिए । नर्वेमा दोश्रो विश्वयुद्ध पछिको पहिलो ठुलो हिंसात्मक घटनाका कारण नर्वेली नागरिक आतंकित छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]