गरिवि निवारण कार्यक्रमको वार्षिक समिक्षा


YYY
जिल्लामा साचालन भइरहेको गरिवि निवारण कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम आज धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला विकास समिति धादिङका योजना अधिकृत रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह-इाचार्ज रामबहादुर भण्डारी काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी नेकपा एमालेका शिवराज सापकोटा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र साझेदार संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । गरिवि निवारण कोष काठमाडौंको सहयोगमा जिल्ला विकास समिति धादिङ र ८ वटा साझेदार संस्थाहरुले आयोजना गरेको कार्यक्रममा गरिवि निवारण कार्यक्रमको वार्षिक समिक्षा गरिएको थियो । सो अवसरमा जिल्लाका ३० गाउँ विकास समितिमा साचालन भइरहेको गरिवि निवारण कार्यक्रमको वार्षिक प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय स्तरमा गरिवि निवारण कार्यक्रम साचालन गर्दा राजनीतिक आग्रह र पुर्वाग्रह भन्दा माथि उठ्नु पर्नेमा जोड दिएका थिए ।


रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]