पाँचबुँदे सहमति भएको २ महिना पुगिसक्यो


YYY
साउन १४ काठमाडौँ।मुख्य तीन दलका शीर्षनेताहरुबीच पाँचबँुदे सहमति भएपछि संविधानसभाको पछिल्लो पटक म्याद थप भएको आज दुई महिना पुरा भएको छ ।गत जेठ १४ मा ३ महिनाका लागि थपिएको संविधानसभाको अवधि सकिन आजका दिनबाट १ महिना मात्रै बाँकी छ ।

जेठ १४ मा संविधानसभाको म्याद थप्नुअघि भएको पाँचबँदे सहमतिपत्रमा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति सुशील कोइरालाले हस्ताक्षर गर्नु भएको थियो ।

पाँचबुँदे सहमतिमा आगामी भदौ १४ सम्ममा शान्ति प्रक्रियाका मुलभूत काम पूरा गरी संविधानको पहिलो एकीकृत मस्यौदा सार्वनिक गर्न र प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिने उल्लेख छ ।

तर, दलका नेताहरु आफ्नो प्रतिबद्धताअनुसार काम नगरी सहमति हुन नसक्नुमा एक अर्का दोषि रहेको आरोप लगाइरहेका छन् ।शान्तिप्रक्रिया र संविधान लेखन कार्यअघि बढन नसक्नुमा मुख्य तीनदल माओवादी, कांग्रेस र एमालेले एक अर्का जिम्मेवार रहेको भन्दै दोषारोपण गर्दै आएका छन् ।

दलहरुबीचको खिचातनीले बाँकी एक महिनाको अवधिमा संविधान लेखन र शान्तिप्रक्रियाका काम पूरा हुने सम्भावना क्षिण बन्दै गएको छ ।पाँचबुदे सहमतिअनुसार प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग्दै विपक्षी नेपाली कांग्रेसले सदनमा अबरोध जारी राख्दा बजेटमाथिको दफावार छलफल प्रभावित भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]