जलविद्युतमा लगानि गर्न जलविद्युत लगानी तथा विकास कम्पनीको स्थापना


YYY
 साउन १० काठमाडौँ।  आर्थिक क्रान्तिका लागि जलस्रोतको क्षेत्रमा लगानी गर्नुपर्नेमा प्रधानमन्त्री झलनाथ खनालले जोड दिनुभएको छ । अहिले भइरहेकोे लोडसेडिङको अन्त्यका लागि जलस्रोतको उपयोग गर्नु नै उत्तम उपाय हुने प्रधानमन्त्री खनालको भनाइ छ । 

जलविद्युत् लगनी तथा विकास कम्पनी लिमिटेडको राजधानीमा उद्घाटन गर्दै उहाँले जलविद्युत्को विकासमा कम्पनीले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीले साना जलविद्युत् परियोजनामा पनि लगानी गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा ऊर्जामन्त्री गोकर्ण विष्टले लगानीका अभावले उर्जा सङ्कट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले कम्पनीको स्थापना गरेको बताउनुभयो । राजनीतिक हस्तक्षेपको हावी हुन नदिने र आगामी ५ वर्षमा उर्जा सङ्कट समाधान गर्न कम्पनीले पारदर्शी ढङ्गले काम गर्ने उहाँको दावी छ । 

यसैबीच राष्ट्र बैङ्कका गभर्नर युवराज खतिवडाले जलविद्युत कम्पनी बैङ्क नभै लगानीसम्बन्धी कम्पनी भएकाले विदेशी लगानीकर्तालाई पनि प्रोत्साहित गर्न सरकारले कदम चाल्ने बताउनुभयो । ऊर्जा सङ्कट समाधान गर्न नेपाल सरकारले गएको असार २७ गते यो कम्पनीको स्थापना गरेको हो । कम्पनीको ५० अर्ब अधिकृत पूँजीमा तत्काल जारी शेयर पूँजी १० अर्ब भएको बताएको छ । कम्पनीले काठमाण्डूको बबरमहलमा कार्यक्रमहरु सन्चालन गर्ने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]