गोरखामा नापी शाखाका अमीन माथि कुटपिट


YYY
 साउन २ गोरखा। गोरखाको बाह्रकिलोमा जिल्ला नापी शाखाका अमीन नारायणप्रसाद भट्टराई कुटिएका छन् । छेपेटार नजिकैको सिर्दिखोलाले बगाएको खेत अवलोकन गर्न जाने क्रममा अमीन भट्टराईमाथि आक्रमण भएको हो । सिर्दिखोला जानका लागि बाह्र किलोमा गाडीबाट झर्ने वित्तिकै विहान सात बजे स्थानिय देबेन्द्र भण्डारी र दिलबहादुर भण्डारीले अमीन भट्टराईमाथि कुटपिट गरेका थिए ।

केही महिना अघि सिर्दिखोलाले धार परिवर्तन गरेपछि धेरै किसानको खेत खोलो बनेको छ । खोला र खेतको अबस्था बुझ्नकै लागि जिल्ला नापीले अमीन नारायणप्रसाद भट्टराईलाई सिर्दिखोला पठाएको थियो । कुटपिटबाट भट्टराईको ढाड, पिठ्यूं र हातमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भैरहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]