पाँच बुँदे सहमति प्याकेजमा कार्यान्वयन गराउने प्रधानमन्त्री खनालको भनाइ


YYY
 असार २५ पोखरा। प्रधानमन्त्री झलनाथ खनालले ५ बुँदे सहमतिलाई प्याकेजमा कार्यान्वयन गराउन आफू सफल हुने बताउनुभएको छ । सहमति पूर्णरुपमा कार्यान्वयन गर्न आपूm प्रतिवद्ध रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । पोखरामा आज भएको व्यावसायिक रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल (बान) को सातौं साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले सङ्क्रमणकालको व्यवस्थापनका लागि राज्यका सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो । 

वर्तमान सङ्क्रमणकाल नेपाली कालखण्डको सबैभन्दा महत्वपूर्ण समय भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न विपक्षी दलहरुलाई आग्रह गर्नुभयो । हरेक आन्दोलन तथा परिवर्तनमा स्वतन्त्र रेडियोहरुले पु¥याएको योगदान अनुकरणीय रहेको भन्दै प्रधानमन्त्री खनालले एफएम रेडियोहरुको सहयोग नभएको भए ०६२÷०६३को आन्दोलन सफल हुन नसक्ने पनि बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]