मधेशी मोर्चा फकाऊदै अर्थमन्त्री


YYY

 असार ३० काठमाडौं। आफ्ना माग नसमेटिएको भन्दै संसदमा वजेट पेश गर्न नदिने जनाएपछि अर्थमन्त्री र संयुक्त लोकतान्त्रिक मेधशी मोर्चावीच बार्ता भएको छ ।

संविधानसभा भवन नयां बानेश्वरमा जारी बार्तामा मधेशवादी दलले अघि सारेका माग लगायतका बारेमा छलफल भईरहेको बुझिएको छ । मोर्चाले हुलाकी सडक निर्माण, मधेश आन्दोलनमा मारिएकाको नाममा स्कुल र रकम उपलब्ध गराउनुपर्ने, मधेश आन्दोलन राष्ट्रिय प्रतिष्ठान गठन लगायतका माग महत्वका साथ अघि सारेको छ ।

यस अघि बसेको मोर्चाको बैठकले माग सम्बोधन नभएसम्म अर्थमन्त्रीलाई संसदमा वजेट पेश गर्न नदिने निर्णय गरेका थिए । मोर्चाले संसदीय परम्परा अनुसार अर्थमन्त्रीलाई वजेट पेश गर्न रोष्टम सम्म पुग्न नदिने जनाएका छन् । मोर्चाको बार्ताका कारण वजेट पेश गर्ने कार्यक्रम केही ढिला हुने भएको छ ।

निर्धारित कार्यक्रम अनुसार अहिले चार वजेटदेखि आर्थिक बर्ष २०६८÷६९ को वजेट सदनमा पेश गर्नुपर्ने थियो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]