खारामा ट्याक्टर दुर्घटना २ को मृत्यु, ५ घाईते


YYY
साउन ८ दाङ । रोल्पा जिल्लाको खारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।

गएराति खुमेलबाट गजुलतर्फ जाँदै गरेको लु २ त ९६२ नम्बरको ट्याक्टर खुमेल–४ खर्क खारामा दुर्घटना हुँदा २ को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा खुमेल गाविस–३ का २० वर्षीय भूपेन्द्र रोका र २० वर्षीय चम्फासिंह रोकाको रहेका छन् । रोल्पा खुमेल–५ का टोपेन्द्र घर्ती, भूपेन्द्र गिरी, नविन गुरुङ, दाङ नारायणपुरका दिलबहादुर खड्का र दाङकै सेवारका ठाकुर चौधरी घाइते भएका छन ।

ट्याक्टर सडकबाट करिव २० मिटर तल खस्दा २ जनाको च्यापिएर मृत्यु भएको थियो । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ । ट्याक्टर चालक गिरिराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्याक्टरका सह–चालक भने फरार रहेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]