नगरपालीका घोषणा प्रति सभासदहरु नै असन्तुष्ट


YYY
 साउन १३ काठमाडौं। सरकारले गृहकार्यविना नै हठातमा ४१ वटा नगरपालीका घोषणा गरेको भन्दै संसदीय समितिमा सभासदहरुले आपत्ती जनाएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको विकास समितिको बैठकमा सभासदहरुले नगरपालीका लागि आवश्यक पर्ने पूर्वाधार पुरा नगरेर सस्तो लोकप्रियताका लागि नगरपालीका घोषणा गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनिहरुले नागरपालीकाका लागि आवश्यक पर्ने कुनैपनि पूर्वाधारपुरा नभएका गाविस वा नगर विकास समितिलाई नगरपालीका बनाएको भन्दै बिरोध गरेको समिति सभापति जितेन्द्र सोनारले जानकारी दिनुभयो।

बैठकमा कांग्रेस र मधेशवादी दलका सभासदहरुले संसदमा रहेका दल र सम्बन्धीत बिज्ञसंग कुनै परार्मश र छलफल नै नगरेर हचुवाका भरमा नगरपालीका घोषणा गरेको आरोप लगाएका छन् । उनिहरुले नगरपालीकाका लागि आवश्यक पर्ने पूर्वाधार छ वा छैन भनेर अध्ययन गर्नुपर्ने माग गरेका छन् ।

सरकारले आर्थिक बर्ष २०६८/६९ को वजेटमा बिभिन्न ४१ वटा नगरपालीका घोषणा गरेपछि समर्थन र विरोधमा बरावरी टिप्पणी आईरहेका समयमा संसदी समितिमा त्यस बिषयमा छलफल सुरु भएको हो ।

यद्यपी समितिले यस बारेमा अन्तीम नर्णय भने गरिसकेको छैन । ४१ वटा नगरपालीका थप भएपछि अब मुलुकभरी नगरपालीकाको संख्या ९९ पुगेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]