भोली सम्म मन्त्रीहरुको सपथ हुने माओबादी नेता सीपी गजुरेलको भनाइ


YYY
 साउन ११ काठमाडौं। एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भोली सम्ममा पार्टीले सिफारिस गरेका मन्त्रीहरुको सपथ हुने बताउनुभएको छ ।राजधानीमा बुधबार आयोजीत कार्यक्रममा उहाँले सपथ नगराई माओवादी समर्थन फिर्ता सहित निर्णय गर्न तयार रहेको बताउनुभयो । 

आजै त्यस्तो निर्णय लिन माओवादी तयार रहेपनि प्रधानमन्त्रीले सहमतिमा सपथ गराउने प्रयास भईरहेकोले पर्खन भनेकोले अप्रिय निर्णय नलिएको बताउनुभयो । उहाँले संविधानसभाको म्याद फेरि तीन महिना थपिने र माओवादीको नेतृत्वमा सरकार बनिहाल्ने भएकोले अहिलेको विस्तारमा विवाद गर्नुको औचित्य नभएको गजुरेलको तर्क थियो ।

सरकारको विस्तार सहमतिको बाधक नभएको दावी गर्दै गजुरेलले विस्तार र सहमतिको सरकारको विषयलाई सँगसँगै बार्ता गर्न आफहरु तयार रहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी र आफ्नै पार्टीभित्रबाट दवाव आएर प्रधानमन्त्रीले सपथ नगराएको भन्दै सरकार विस्ताको विषयमा कांग्रेससँग बार्ता गर्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]