रुकुमको पहिरोमा परि मृत्य हुनेको संख्या १२ पुग्यो


YYY
शेरबहादुर केसी
 असार ३१ रुकुम। पहिरोमा परी रुकुममा १२ जनाको मृत्यु भएको छ भने एउटै घरका १ अझै  जना वेपत्ता भएका छन् । विहीवार रातभर परेको अविरल वर्षाका कारण जिल्लाको पश्चिमी गाविस पूर्तिमकाँडाका दुई घर पहिरोले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

पूर्तिमकाँडा– १ भलाटाकुरीमा धनसिंह घर्तीको घर पुरिंदा एकैघरका तीनजनाको ज्यान गएको छ भने पहिरोमा पुरिएका अन्य पाँच जनाको प्रहरी रस्थानीयवासीको सक्रियतामा जीवितै उद्दार गरिएको प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सोही गाविसको वडा नं.३ गिठाकोटका उदिराम वुढाको घर पहिरोले पुरिंदा बुढा परिवारका १० जना वेपत्ता भएका छन् । राती सुतिरहेको बेला एक्कासी घरमाथिबाट आएको पहिरोले साउने सक्रान्ति मनाउन ससुराली आएका छोरी, ज्वाईं समेत सपरिवारै वेपत्ता भएको स्थानीयवासी सुधीर पुनले जानकारी दिनुभयो ।

 वेपत्ता हुनेहरुमा घरमूली उदीराम, उहाँकी श्रीमती सशिला, छोरा खडकबहादुर, वुहारी कवली वुढा, दुई नातिहरु रोशन र एकराज रहेका छन् । त्यस्तै छोरी गौनी विसी, छोरी ज्वार्इं रुद्ररबहादुर विसी र छोरीतर्फका नातिहरु नवराज र जीवन रहेका छन् ।

 पहिरोले पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिने सम्भावना कम रहेको बताइएको छ । घटना स्थलमा प्रहरी चौकी पूर्तिमकाँडा र सिम्लीबाट  खटिएका प्रहरी तथा स्थानीयवासीहरुले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख किसनसिंह थापाले बताउनुभयो । घटनास्थल सदरमुकाम मुसिकोट खलंगाबाट ६ घण्टाको पैदल दुरीमा रहेकाले उद्दारमा कठिनाई उत्पन्न भएको छ ।


उता, नुवाकोट जिल्लामा अविरल वर्षासंगै गएराति खहरे खोलामा आएको बाढीले घर बगाउंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । थानसिङ गाविस वडा नम्वर–७ बेलासपुरका २१ वर्षीय साने मिजार, उहांकी श्रीमती १९ वर्षीया निर्मला र १ वर्षीया भतिजी शुष्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

खोलामा पुरिएका अन्य पांचको भने गाउंलेले जीवितै उद्धार गरेका छन् । घाइते घाईते सबैको उपचार भईरहेको छ । मिजार परिवार सुतिरहेका बेला खोलामा आएको बाढी घरमा पसेको प्रहरीले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]