आङ साङ सुकी र बर्माका मन्त्रीबीच भएको वार्ताको राष्ट्रसंघका महासचिवबाट स्वागत


YYY
 साउन १० एजेन्सी  । राष्ट्रसंघका महासचिव बान कि मुनले बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र बर्माका समाज कल्याणमन्त्री यू ओङ किबीच भएको वार्ताको स्वागत गर्नु भएको छ । महासचव बानले भविष्यमा पनि यस्ता रचनात्मक वार्ताले निरन्तरता पाउने विश्वास लिनु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बर्माको हितका लागि सुकीसँग सहकार्य गरी अघि बढ्न समेत उहाँले सैन्य सरकारसमक्ष अपील गर्नु भएको छ ।

उहाँले फेरि एक पटक बर्माका सबै राजनीतिक बन्दीहरुलाई रिहा गर्न आग्रह गर्नु भएको छ । सुकीले पछिल्लो २१ वर्ष मध्ये १५ वर्ष आफनै निवासमा नजरबन्दमा बिताएकी छिन् ।

उनलाई पछिल्लो पटक सन् २ हजार १० नोभेम्बर १३ मा नजरबन्दबाट मुक्त गरिएको थियो । सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सुकी नेशनल लिग फर डेमोक्र्यासीकी नेतृ हुन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]