माग सम्वोधन नभए बजेट पारित हुन नदिने मोर्चाको निर्णय


YYY

 असार २५ काठमाडौँ ।   मधेसी मोर्चाले आफूले उठाएका माग समावेश नगरे आगामी आर्थिक वर्षको बजेट ल्याउन नदिने निस्कर्ष निकालेको छ ।  शनिबार बसेको मोर्चाको बैठकले आफ्ना माग सम्वोधन गर्न सरकारले चासो नदिएको ठहर गर्दै सरकारले जबर्जस्ती गरेमा बजेट ल्याउन नदिने निर्णय गरेको हो । 

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम मधेसी विरोध आएको र अब बजेटमा मधेसलाई उचित सम्वोधन नगरिए बजेट ल्याउन नदिने निर्णय गरेको बताउनुभयो । सीआईएनसँगको कुराकानीमा महतोले भोलि अर्थमन्त्री भरतमोहन अधिकारीसँग वार्ता गर्ने र त्यसपछि त्यसअनुसार आन्दोलनको कार्यक्रम तय गर्ने बताउनुभयो । 

मोर्चाले नेपाल आउने भारतीय नम्बर प्लेटका गाडीहरु २४ घण्टासम्म नेपाल रहने कानुन रहेपनि मधेसका नागरिकले कहिलेकाहीँ बाध्यताले प्रयोग गर्ने गाडीमा भेद्भाव भएको बताएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]