नेकपा एमालेको राष्ट्रिय भेलाको अन्तिम तयारी


YYY
दीपक धिताल 
 साउन ६ काभ्रे ।भोलिबाट काभ्रेको सदरमुकाम धुलिखेलमा शुरु हुने नेकपा एमालेको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । भेलाको व्यवस्थापन गर्ने जिम्मा पाएको एमाले जिल्ला कमिटी काभ्रेले राष्ट्रिय भेलाबारे प्रचारप्रचार, तुलब्यानर, पर्चापम्प्लेट, वालपेन्टीङ, बन्दोबस्ती, सुरक्षा लगायतको तयारी पुरा भएको जनाएको छ । 

धुलिखेल लज रिसोर्टमा ७ र ८ गते दुई दिनसम्म चल्ने भेलामा शान्ति र संविधान, जेठ १४ मा तीन दल बीच भएको ५ बुदेँ सहमति र भदौ १४ पछिको अवस्था, देशको वर्तमान राष्ट्रिय राजनीति, पार्टीभित्र हावी हँुदै गएको गुटगत राजनीति लगायतका विषयमा वृहत छलफल हुने एमाले केन्द्रिय सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो । यद्यपी  विधान संशोधनसम्बन्धी भने जिल्ला अध्यक्षहरुबाट राय, सुझाव मात्रै लिने यस अघि नै स्थायी समितिले निर्णय गरि सकेको छ । 

भेलामा पार्टी अध्यक्ष झलनाथ खनाल, पार्टीका सबै बरिष्ठ नेता सहित केन्द्रीय पदाधिकारीहरु, २० वटा केन्द्रीय विभागका प्रमुखहरु, २० वटा केन्द्रीय फाँटका ईञ्र्चाजहरु, १६ वटा अञ्चल कमिटिका संयोजक तथा सचिवहरु र ७५ वटा भौगोलिक जिल्ला कमिटी तथा विभिन्न पेशागत तथा विशेष १८ जिल्ला कमिटि गरि ९३ जिल्ला अध्यक्षहरु समेत करिब २ सय जनाको सहभागीता रहने एमाले काभ्रेले जानकारी दिएको छ ।राष्ट्रिय भेलापछि मात्रै विशेष भेला हुने भएकाले पनि महाधिवेशन पछि हुन लागेको एमालेको यो पहिलो भेलालाई महत्वका साथ हेरिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]