गोरखा जिल्ला समाज बेलायतको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न


YYY
 भरत क्षेत्रि 
लण्डन  l  गत ०९ जुलाई शनिबारका दिन बेलायतको  ओकफर्म स्कुल फार्नबरोमा गोरखा जिल्ला समाज यूकेको बार्षिक  कार्यक्रम भव्यताका  साथ सम्पन्न भयो l बेलायतमा छरिएर बसेका जिल्लाबासीलाई एकै ठाउमा जम्मागरि एकआपसमा चिनापर्ची, सद्भाव,साथै आपसी  दुखसुख आदानप्रदान गर्ने उदेस्यले आयोजन गरिएको उक्त बार्षिक भेटघाट कार्यक्रममा करिब  ८०० जति जिल्ला बासीहरुको सहभागिता थियो l 

कार्यक्रम बिहानको  करिब साढे एघार  बजेबाट सुरु भएको थियो l   जिल्लाबासीलाई स्वागत गर्दै समाजका अध्यक्ष खुसीमान गुरुङले आफ्नो  स्वागत मन्तब्यमा उपस्थित सम्पूर्ण जिल्लाबासीलाई  धन्यबाद दिनुभएको थियो साथै उहाले जिल्लाबसीको उतरोउतर  प्रगतिको कामना गर्दै  हामी यूकेमा बसोबास गर्ने  जिल्लाबासीहरु एकै  छातामा बसी एकआपसमा मेलमिलाप,आपसी सहयोग,गर्दै जानुपर्नेमा जोडदिनुभयो l कार्यक्रममा नेपालका  दोहोरी  गित गायिका मुना थापा मगर र गायक रामजी खाडलाइ समाजका अध्यक्ष खुसीमान गुरुगले खाता ओडाई  स्वागत सम्मान   गर्नुभएको थियो l  

 सम्पूर्ण यूकेबासी नेपालीहरुको अन्तर समाज नाच प्रतियोगितामा लगातार दुइ वर्षसम्म प्रथम हुने गोरखाली गुरुग समाजका नानीहरुलाई सम्मान गरिएको थियोl   सम्मानकै क्रममा  लोकेस गुरुगलाई  चिकत्सा बिज्ञानमा उत्तीर्ण हुनुभएकोमा सम्मान गरियो थियो भने अन्य सम्मानमा  आर्मीमा उच्वादर्जा हासिल गर्ने,कलेज,बिस्वबिधालय बाट बिशिस्ठ  स्थान हासिल गर्नेहरुलाई पनि  सम्मान गरिएको थियो l   

उक्त दिनको सम्पूर्ण ब्यबस्थापनको जिम्मेबारी समाजका कोडिनेटर धन गुरुगले गर्नुभएको थियोl  कार्यक्रम सुरु दिखी अन्त्य सम्म नेपालका प्रख्यात गायिका मुना थापा मगर र गायक  रामजी खाडका  गीतहरुले बाताबरण गुन्जायमान भएको थियो l कार्यक्रममा  केटाकेटि देखि बूढाबुढी हरुपनि कम्मर मर्काई मर्काई नाच्दै रमाएका थिए यसै गरि समाजका कलाकारहरुबाट पनि विभिन्न नाचगानले बाताबरण अति रमाइलो भएको थियो भने धिरज गुरुगको नेत्रीत्वोमा टाइकन्धो प्रस्तुति पनि गरिएको  थियो l

कार्यक्रममा राफल चिट्टापनिको पनि व्यवस्था  गरिएको थियो  राफल चिट्टाको लागि बिशेष  आकर्षक पुरस्कार डिजिटल टेलिभिजन गोरखा सेकुरिटी सर्विसका प्रोपाईटर बिष्णु तामांग ले  उपलब्ध गराउनु भएको थियो यस्तै YBC  का प्रोपाईटर  योगेन्द्र  क्षेत्रिबाट  डिजिटल क्यामेरा प्रदान उपलब्ध गराउनु भएको   थियो  अन्य पुरस्कारहरु  समाजका पधाधिकारीहरु र बिभिन्न संगसस्थाहरु  बाट उपब्ध भएको थियो l  

उक्त बार्षिक कार्यक्रममा समाजका सल्लाकारहरु  डा:राघब धिताल, डा:राजु बाबु श्रेष्ठ, भूपूकेप्टन:   रण ध्वज राना,  भूपूकेप्टन: कृष्ण आले ,भूपूलेप्टन: थम प्रसाद गुरुग,कृष्ण अधिकारी  क्षेत्रि,  अनि सुर घलेको पनि उपस्थिति थियो l

जुलाई १२ का दिन फानबरो र अल्डरसट एरियामा बसोबास गर्ने गोरखाली महिला दिदिबैनीहरुले सामजको  तर्फबाट दोहोरि गित गायिका मुना थापा मगरलाइ एक तोला सुन र गायक  रामजी खाडलाइ आइफोंन फोर प्रदान गर्नुको साथै फूलमाला खाता लगाई बिधाई गर्नुभएको थियो  l   

बार्षिक   भेटघाट कार्यक्रमको  संचालन समाजका महासचिब जगत थापाले गर्नु भएको थियो l  

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]