भाषण मात्र नगरी काम गरेर देखाउन उर्जा मन्त्रिद्वारा नेताहरुलाई आग्रह


YYY
 असार २८ काठमाडौँ। उर्जामन्त्री गोकर्ण विष्टले दलहरुले समृद्धि,रोजगारी र नेपालि जनताको लागि राजनिति गर्न आवश्यक रहेको बताउनु भएको छ ।उहाँले नेताहरुले भाषणमा मात्र सिमित नभई देशलाई अग्रगतिमा अगाडी बढाउनको लागि काम गरेर देखाउनुपर्ने बताउनु भएको हो ।

काठमाडौंमा मगंलवार नागरिक सरोकार केन्द्रले पर्यटनवर्ष २०११ को अवसरमा आयोजित नागरीक सेवा सम्मान र नेपालको उर्जा समस्या तथा समाधानकोलागि नागरिकको भुमिका विषयक कार्यक्रममा बोल्दै उर्जामन्त्री विष्टले नेपालि सेना,नेपाल प्रहरी ,वितिय संस्थाहरुलाई जल विधाुतमा सेयर राख्ने अभियानको सुरुवात गरेको जानकारी गराउनु भयो ।आर्थिक वृद्धि,समृद्धि र रोजगारीको सिर्जनाकोलागि उर्जा र पर्यटन क्षेत्रको विकाशमा ठुलो भुमिका रहेकाले सबैले आफ्नो स्थानबाट सहयोगको भुमिका खेल्नुपर्नेमा उर्जामन्त्री विष्टको जोड रहेको छ।

उर्जामन्त्री विष्टले सरकारले आउँदो हिउँदमा बिगतभन्दा कम लोडसेडिगं गर्ने कार्ययोजना बनाउँदै गरेको जानकारी पनि गराउनु भयो ।उहाँले विधुत चुहावट,वितरणकोलागि नागरिकले आफ्नो तर्फबाट विशेष किसिमको भुमिका निर्वाह गर्न आवश्यक रहेको औंल्याउनु भयो ।कार्यक्रममा समाजमा समाजसेवामा योगदान पुर्याए बापत विभिन्न क्षेत्रका व्यत्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादिका नेता राजकुमार श्रेष्ठ,नेपालि काँग्रेसकि नेतृ  मिना पाण्डे र नेकपा एमालेका नेता शरेश नेपाल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]