प्रधानमन्त्रीले राजीनामा गर्ने समयमा नयां मन्त्री पठाएर माओवादीले शान्तिप्रक्रिया भांडन खोजेको एमाले नेता ओलीको आरोप


YYY
 साउन  १४ काठमाडौं । नेकपा एमालको नेता केपी शर्मा ओलीले माओवादी शान्ति प्रक्रियाप्रति गम्भिर नभएको आरोप लगाउनुभएको छ ।

युवा संघ नेपालले आज राजधानीमा गरेको कार्यक्रममा नेता ओलीले माओवादी शान्ति प्रक्रियामा इमान्दार नभएको दाबी गर्नुभयो । प्रधानमन्त्रीले राजीनामा गर्ने बेलामा माओवादीले नया मन्त्री पठाएर शान्ति प्रक्रिया भांड्न खोजेको दाबी समेत गर्नुभयो ।

माओवादीले बखेडा निकाले भदौ १४ मा शान्ति प्रक्रिया निश्कर्षमा नपुग्ने ओलीले ठोकुवा गर्नुभयो । प्रधानमन्त्रीले छिटो राजीनामा गर्नुपर्ने भन्दै ओलीले बर्तमान सरकार कानुनीरुपमा मात्रै एमाले नेतृत्वको सरकार भएको व्यंग्य गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]