एकीकृत माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित


YYY
 साउन ५ काठमाडौं । अन्तरसंघर्ष, शान्ति र संविधान तथा कार्यविभाजन लगायतका बिषयमा छलफल गर्न बसेको एकीकृत माओवादीको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ ।

निर्धारित समय भन्दा निक्कै ढिलागरेर बसेको बैठक भोली ११ वजे पुनः बस्ने गरेर स्थगित भएको माओवादीले जनाएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा थोरै समय बसेको बैठकमा कार्यविभाजन लगायतका बिषयमा छलफल हुनुका साथै अध्यक्ष पुष्पकमल दाहालले यस अघि पेश गर्नुभएको राजनीतिक प्रतिवेदन माथि छलफल हुने कार्यक्रम रहेको थियो ।

यस अघि लामो समय सम्म स्थायी समितिको बैठक बसेको थियो । स्थायी समितिमा बिवाद समाधान गर्ने 
बारेमा छलफल भएपनि माओवादीले त्यस बिषयमा केही बताएको छैन ।

आन्तरीक गृहकार्य नपुगेको भन्दै पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक आज बसेको हो । शान्ति र संविधानलाई जोडदिएर कार्यविभाजन लगायतका बिषयलाई कम महत्व दिईएको अध्यक्ष दाहालको प्रतिवेदन अप्रयाप्त रहेको उपाध्यक्ष मोहन बैद्य, डाक्टर बावुराम भट्टराई र महासचिव रामबहादुर थापाले टिप्पणी गरिसक्नुभएको छ ।

तीन जना उपाध्यक्ष, महासचिव सहित बहुमत केन्द्रीय सदस्यले कार्यविभाजनलाई महत्वका साथ एकीकृत रुपमा उठाएपछि अध्यक्ष दाहाल असजिलोमा पर्नुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]