ने.क.पा.माले राष्ट्रवादि मोर्चाको देशव्यापि कोणसभा


YYY
 साउन ५ काठमाडौँ । दलहरुबिच भएको आन्तरिक कलहको कारणले शान्ति र संविधानले निष्कर्ष नपाउने भएकाले ने.क.पा.माले राष्ट्रवादि मोर्चाले बुधबार देशव्यापि रुपमा कोणसभाको आयोजना गरेको छ ।ने.क.पा माले राष्ट्रवादिका भेला संयोजक भिमनाथ देवकोटाले देशले उपलब्धि हाँसिल गर्ने समयमा दलहरुले शान्ति प्रकृयालाई बन्धक बनाएको आरोप लगाउनु भयो ।

उहाँले शान्ति र संविधानलाई टुंगोमा पुर्याउन दलहरु अग्रसर नदेखिएको भन्दै सत्ता केन्द्रित फोहोरी राजनिति गर्न दलहरु लिप्त भएको बताउनु भयो ।सरकार र मन्त्रीको भागवण्डामा केन्द्रित राजनितिले गर्दा देश मुठभेड तिर जानलागेको संयोजक देवकोटाको दाबि छ ।

उहाँले मुल उधेश्य शान्ति प्राप्तिकोलागि राष्ट्रिय अभियानको रुपमा ३२ वटा जिल्लामा सफलतापुर्वक कोणसभाको आयोजना गरेको जानकारी गराउँदै मगंलवारबाट उपत्यका व्यापि कोणसभाको सुरुवात गरेको बताउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]