बृत्तचित्र प्रर्दशनी आयोजना हुने


YYY
 साउन ९ म्याग्दी।हिमालय एसोसिएसन काठमाडौँको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजना बेनीमा दुईदिने किम्फ २०१० का उत्कृष्ट बृत्तचित्रहरुको प्रर्दशनी आयोजना हुने भएको छ । पत्रकार महासंघका अध्यक्ष सुरत केसीको अध्यक्षतामा बसेको वैठक साउन २१ र २२ तीन चरणमा बास्तविक घटनामा आधारित ८ वटा बृत्तचित्रहरु प्रर्दशनी गर्ने निर्णय गरिएको हो । प्रर्दशनीलाई सफल बनाउनका लागि तयारीलाई तीब्र पार्ने निर्णय गरिएको सचिब हरिकृष्ण गौतमले जानकारी दिनुभयो । 

विभिन्न विद्यालय, नगरबासी र अन्य समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]