नयाँ दिल्लीमा आजदेखि सार्क सभामुखहरुको सम्मेलन सुरु हुँदै


YYY

असार २५ काठमाण्डौ 

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि दक्षिण एसियाली राष्ट्रका सभामुखहरुको पाँचौं सम्मेलन सुरु हुँदै छ । चार दिने सम्मेलनको भारतका प्रधानमन्त्री डा। मनमोहन िसंहले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलन दुई दुई वर्षमा हुने प्रावधान रहेको छ । यही असार २८ गतेसम्म चल्ने सम्मेलनमा भाग लिन सभामुख सुवासचन्द्र नेम्वाङसहितको टोली हिजै भारत प्रस्थान गरिसकेको छ । 

सभामुख नेम्वाङले सम्मेलनलाई आज संबोधन गर्नुहुने छ । संबोधनको क्रममा उहाँले नेपालमा जारी शान्ति र संविधान निर्माणको प्रकि्रयाबारे जानकारी गराउनुहुने संसद सचिवालयले जनाएको छ । सम्मेलनमा सभामुखहरुबीच आपसी सम्बन्ध विश्वास दिगो विकासमा संसदको भूमिका नागरिकसँगको सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । 

भारतमा रहँदा सभामुख नेम्वाङले भारतीय नेताहरुसँग राजनीतिक भेटघाट पनि गर्नुहुने कार्यक्रम तय भएको छ । सम्मेलनमा सहभागी नेपाली टोली असार २९ गते स्वदेश फर्कने छ  ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]