पर्वतमा प्रहरीको संरक्षणमा औषधिको अबैध व्यपार


YYY
  असार २९ पर्वत । पर्वत जिल्लामा गैकानुनी रुपमा औषधिको बेचविखन गर्ने गिरोहलाई प्रहरीले संरक्षण गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । सवै रोगको ग्यारेन्टीका साथ उपचार तथा निदान गर्ने भन्दै भोलामा औषधि राखेर अबैध रुपमा गाउँगाउँमा गएर विक्रि गनेर् गिरोहको विरुद्धमा मंचले उजुरी गरेता पनि प्रहरीले विना अनुसन्धान नै छाडीदिए पछि उपभोक्ता मंचले घटनाप्रति खेद व्यक्त गरेको छ ।

विगत ३ वर्ष देखी आफुहरुलाई विद्यार्थी भएको र प्राक्टीकलको लागि आएको भन्दै झोलामा विभिन्न आर्युवेदीक तथा अबैध औषधि समेत विक्रि गर्दै आएका विभिन्न गिरोहको विरुद्धमा उपभोक्ताको गुनासो आएपछि उपभोक्ता मंचले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेपछि गत बिहवार अबैध औषधि विक्रेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले कुश्माको शिवालयचोक स्थित होटल टपईन टाउनवाट विहिवार विहान औषधि सहित बजाङ र दोलखा घर वताउने ६ जनालाई पक्राउ गरेको हो । तर जिल्ला प्रहरी कार्यालयले जानकारी नभएर विक्रि गरेको भन्दै उनीहरुलाई तत्काल छाडीदिएको उपभोक्ता मंच नेपाल पर्वतका उपाध्यक्ष यमवहादुर विश्वकर्माले वताउनुभयो । उपाध्यक्ष विश्वकर्माले प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरी कारवाहि गर्ने आफुहरुलाई आश्वासन दिएपनि पक्राउ गर्न चासो नदीई दोषि भन्दा वाहिरका मानिसहरुलाई वोलाई अनावत्यक कुरा गरि गिरोहलाई संरक्षण गरेको आरोप समेत लगाउनुभयो ।

औषधि व्यवस्था विभागको नियमानुसार कुनै पनि औषधिहरु झोला, म्यान तथा सडक पेटीमा आदीमा अनाधिकृत रुपमा विक्रि गर्न नपाईने व्यवस्था छ । यस्ता व्यपारी तथा व्यक्तिलाई प्रहरीले कारवाहि गर्नुको साटो मिलेमोतोमा छाडेको मंचको आरोप छ ।

औषधि व्यवस्था विभागको नियम अनुसार कुनै पनि औषधिजन्य वस्तु विक्री गर्नको लागि विभागको स्वीकृती लिई पानमा दर्ता गरी निश्चीत ठाउँमा बसेर मात्र व्यपार गर्न मात्र पाईने व्यवस्था छ । तर पर्वत जिल्लामा बर्षौ अगाडी देखी १४ देखी २० वर्ष उमेरका केटाकेटीहरुले कम्पनीको कागज देखाउँदै आफुहरु सोझै कम्पनीवाट आएको तथा आधिकारीक भएको भन्दै जवरजस्ती औषधि बेच्ने गरेको मंचले जनाएको छ ।

सदरमुकाम स्थित गुप्तेश्वर आर्युवेदीक औषधि पसलका प्रोपाईटर कृष्ण खनालका अनुसार यस्ता व्यापारीका विरुद्धमा औषधि व्यवस्था विभागले पटक पटक सुचना प्रकाशित गरेता पनि सम्वन्धीत निकाय मौन रेहको वताउनुभयो । त्यस्तै गैरकानुनी रुपमा औषधि बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले कारवाहि नगरि छाड्नु डण्डहिनताको पराकाष्ठा भएको मंचका अध्यक्ष सुर्यप्रकाश पौडेलले वताउनुभयो ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पक्राउ परेकाहरुलाई आफुसंग सल्लाह गर्नुपर्नेमा सो नगरी प्रहरीले छाडेकोमा आश्चार्य व्यक्त गर्नुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र गुरुङले आफुलाई कानुनको वारेमा जानकारी नभएको गल्तीबस छाडीएको वताउनु भयो । गुरुङले त्यसो भने पनि अन्य व्यक्तिहरुसंग उक्त व्यवसाय बैद्य भएको भन्ने गरेको मंचको आरोप छ । ति अवैध कारोवार गर्नेहरु अहिले काठमाण्डौमा पुगिसकेका छन् ।

तर जिल्ला प्रहरी कार्यालय पर्वतले भने अनावश्यक तथा सरोकार नै नभएको कम्पनीका अन्य मानीसलाई वोलाएर आफुले उनीहरुलाई हाजिर गराईसकेको दावि गर्दै आएको छ । औषधि व्यवस्था विभागका औषधि निरिक्षक पदम पौडेलका अनुसार प्रहरी र उपभोक्ताको सहयोगमा मात्र यस्ता अबैध व्यपारीलाई कारवाहि गर्न सकिने तर प्रहरीको नै मिलेमोतो भएमा विभागले मात्र केहि गर्न नसकिने वताउनुभयो ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय प्रमुख उपेन्द्रकान्त अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वतले छाडेपनि आफुले विना छानविन गिरोहलाई छाड्ने प्रहरी र ति अबैध व्यपारीहरुलाई पक्राउ गरि कारवाहि गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्यालले अबैध रुपमा औषधिको कारोवार गरी सर्वसाधारणको स्वास्थ्यमा प्रभाव पार्ने खालका काम गनेर् उक्त गिरोहलाई मुद्दा दायर गर्नुपर्ने वा थुनामा राख्नुपर्ने भए सो गर्नुपर्ने यदि त्यसो नभए सम्वन्धीत उजुरी कर्ताको रोवहर तथा सहमतीमा छाडनिु पर्नेमा सो नगरिएकोले जिल्ला प्रहरी प्रमुख माथी विभागिय कारवाहि गरिने वताउनुभयो ।

जनताको सुरक्षाको ग्यारेन्टी तथा कानुनको संरक्षणको लागि भनेर जनताको कारवाट तलव खाएका जिल्लाका प्रशासकहरुको यस्ता खालका गैह्र जिम्मेवारी काम र अभिव्यक्ति प्रति उपभोक्ता मंच नेपाल पर्वतले खेद व्यक्त गरेको छ । मंचले ति गिरोहलाई पुनः पक्राउ गरि कानुन बमोजिम कावाहि गर्नुपर्ने माग समेत अगाडी बढाएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]