ब्रिटेनका परमाणु परीक्षणसँग जोडिएका व्यक्तिहरुद्धारा क्षतिपुर्तीका लागि आग्रह


YYY
 साउन १२ एजेन्सी।  ब्रिटेनमा १९५० को दशकमा भएको परमाणु परीक्षणमा कार्यरत पुर्व कर्मचारीहरुले रक्षा मन्त्रालयबाट क्षतिपुर्ती उपलब्ध गराईदिन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । परमाणु परीक्षणमा सँलग्न १ हजारभन्दा बढी पुर्व कर्मचारीहरुले १९५२ देखि १९५८ सम्म भएको परीक्षणका क्रममा विकिरणको सामना गर्नुपरेका कारण उनीहरुको स्वास्थ्यमासमेत समस्या आएको बताएका छन् । 

ब्रिटेनका रक्षा मन्त्रालयले लगातार रुपमा यसको बिरोध गरिरहेको छ भने ती कर्मचारीहरुले विकिरणका कारण स्वास्थ्यका असर पारेको दावी गरेका छन् । ती पुर्व कर्मचारीहरुमा क्यान्सर, चर्मरोगका साथै प्रजनन स्वास्थ्यमासमेत असर पारेको उनीहरुको दावी छ  । ब्रिटेनले १९५० को दशकमा अष्टे«लियाको मोन्टेबेलो प्रायद्धिपमा परमाणु परीक्षण गरेको थियो । 

एक पुर्व कर्मचारी केन मैकगिन्लेले क्रिसमस प्रान्तमा कुनै सुरक्षाका साधनविना पाँचवटा परिक्षण गरेको र बमको किरण आएको बेला आँखा चिम्लने बाहेक आफुहरुसँग विकल्प नभएकोले स्वास्थ्यमा समस्या भएको बताएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]